
१६ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले विकास हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई ९० लाख ९१ हजार १३ कित्ता सेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।
४९ प्रतिशत सेयर सर्वसाधारण समूहको र ५१ प्रतिशत सेयर संस्थापकको हुनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर निष्कासन गर्न लागेको हो ।
सर्वसाधारण समूहको कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन हुने छ । बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले पहिले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्नेछ ।
यस कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौं–३ महाराजगन्जमा छ । कम्पनीले गोरखा जिल्लामा ४.५ मेगावाट क्षमताको माछाखोला हाइड्रोपावर आयोजना सञ्चालनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4