१७ वैशाख, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा साँघुरो तर महत्वपूर्ण जित हासिल गरेको छ ।
पीएसजीले इंग्लिस क्लब आर्सनललाई उसैको मैदानमा १-० गोलअन्तरले हराएको हो । पीएसजीको जितमा खेलको चौथो मिनेटमै ओस्मान डेम्बेलेले गरेको गोल निर्णायक बन्यो ।
सन् २००९ यता पहिलोपटक सेमिफाइनलमा पुगेको आर्सनलले सुरुवाती समयमा फितलो खेल प्रस्तुत गरेपनि दोस्रो हाफमा सुधारेको थियो । यद्यपी गोल भने फर्काउन सकेन । एकपटक भने गोल भइसक्दा अफसाइड ठहरिएको थियो ।
अब अर्को साता हुने दोस्रो लेगमा यो अग्रता जोगाउन सके पीएसजीले फाइनलमा स्थान बनाउने छ ।
प्रतिक्रिया 4