+
+
Shares

सशस्त्रलाई छलेर भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १०:३६

१७ वैशाख, काठमाडौं । धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको कार सशस्त्र प्रहरीले जाँच गर्न खोज्दा भागेको थियो ।

जाँचकै क्रममा भागेको को२प १७३४ नम्बरको कारलाई प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो ।

चालक फरार रहेको उक्त कारबाट १२ वटा पोकामा प्याक गरिएको  ४२१ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?