
१७ वैशाख, काठमाडौं । बजारमा दुई प्रकारका च्याउको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार डल्ले च्याउ र कन्य च्याउको मूल्य बढेको हो ।
बुधबार कालीमाटी बजारमा डल्ले च्याउको मूल्य ९.१७ प्रतिशत र कन्य च्याउको मूल्य ११.९० प्रतिशत बढेको छ ।
मंगलबार प्रतिकिलो ३ सय रुपैयाँमा कारोबार भइरहेको डल्ले च्याउको मूल्य बुधबार २७ रुपैयाँले वृद्धि भई ३ सय २७ रुपैयाँ कायम छ ।
यस्तै कन्य च्याउको प्रतिकिलो मूल्य बुधबार २५ रुपैयाँले बढेको छ । मंगलबार कन्य च्याउ प्रतिकिलो २ सय १० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार प्रतिकिलो २ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4