+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बैंक ब्यालेन्स देखाउन भन्दै ६१ लाख खातामा हाल्न लगाएर फरार २ युवक समातिए

पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–२ घर भई भक्तपुर बस्दै आएका २० वर्षीय विशाल घिमिरे र रौतहटको गरुडा नगरपालिका–४ घर भएका १८ वर्षीय प्रिन्स कुमार छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १८:११

१९ वैशाख, काठमाडौं । बैंक ब्यालेन्स देखाउन भन्दै ६१ लाख खातामा हाल्न लगाएर फरार दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–२ घर भई भक्तपुर बस्दै आएका २० वर्षीय विशाल घिमिरे र रौतहटको गरुडा नगरपालिका–४ घर भएका १८ वर्षीय प्रिन्स कुमार छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरू विद्यार्थी भिसामा अमेरिका जान लागेको भन्दै झुक्याउनमा पारेर बैंक ब्यालेन्स देखाउन भन्दै एक व्यक्तिलाई ६१ लाख रुपैयाँ आफ्नो खातामा जम्मा गर्न लगाएका थिए ।

रकम आफ्नो खातामा आएपछि निकालेर अरू खातामा राखी फरार भएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले बताए ।

सुन्धाराबाट बुधबार पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?