+
+
Shares

पछिल्लो एक वर्षमा पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका ३२ घटना

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १४:३८

२१ वैशाख, काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले ‘त्रासदेखि दण्डहीनतासम्मः नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबा एक समारोहवीच सार्वजनिक गरिएको हो ।

प्रतिवेदनमा ४, मे २०२४ देखि १ मे २०२५ सम्मको अवधिमा पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका ३२ घटना अभिलेख गरिएको उल्लेख छ । यसले ४० जना पत्रकार र सञ्चार संस्थालाई प्रत्यक्ष रूपमा असर गरेको बताइएको छ ।

मिडिया एक्सन नेपालका कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा.सुरेश आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका झाले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गरेका थिए।

प्रतिवेदनमा पत्रकार सुरेश भुल र सुरेश रजकको हत्या, ३ जना पत्रकारको गिरफ्तारी, २२ वटा धम्की र त्रासका घटना, सूचनाको अवरोध र मिडिया उपकरण नियन्त्रणजस्ता गम्भीर उल्लंघनहरूलाई विशेष रूपमा उठाइएको छ ।

कार्यक्रममा बोल्दै मिडिया एक्सन नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक लक्ष्मण दत्त पन्तले भने ‘प्रतिवेदनले पत्रकारहरूले सामना गर्ने बढ्दो खतराहरूको गम्भीर तस्वीर प्रस्तुत गर्छ ।’

प्रतिवेदनको निष्कर्षमाथि टिप्पणी गर्दै अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईले मिडिया एक्सन नेपालको प्रेस स्वतन्त्रताप्रतिको निरन्तर प्रतिवद्धताको प्रशंसा गरे । ‘मिडिया एक्सन नेपाल जस्ता संस्थाहरूले उल्लंघनको दस्तावेजीकरण गर्ने र राष्ट्रिय बहसलाई मार्गदर्शन गर्ने विश्वसनीय निगरानीकर्ताको रूपमा काम गर्छन्’ पन्तले भने ।

कार्यक्रममा ‘कृत्रिम बौद्धिकता (एआई) र प्रेस स्वतन्त्रतामाथिको प्रभाव’ विषयमा अन्तर्क्रिया समेत गरियो । पत्रकार, मिडिया विज्ञ तथा कानुनी क्षेत्रका व्यक्तिहरूले एआईको अवसर र चुनौतीबारे बहस गरेका थिए ।

छलफलमा सञ्चार साक्षरताको खाँचो र दुरुपयोग रोक्न नीतिगत संरचना आवश्यक रहेकोमा जोड दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?