+
+
Shares

कोरी हत्यामा जन्मकैद सुनाइएका पासी २३ वर्षपछि समातिए

पक्राउ पर्नेमा कपिलवस्तुकै शिवराज नगरपालिका–६ का ६१ वर्षीय सुकुई पासी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १७:४९

२१ वैशाख, काठमाडौं । कपिलवस्तुका अतावरी कोरी हत्याका दोषीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुकै शिवराज नगरपालिका–६ का ६१ वर्षीय सुकुई पासी छन् । उनलाई उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो । पासीले २ भदौ २०५४ मा सोही ठाउँका कोरीको हत्या गरेका थिए ।

हत्या आरोपमा कपिलवस्तु जिल्ला अदालतले उनलाई १७ असार २०५९ मा जन्मकैदको फैसला सुनाएको थियो । हत्यापछि लामो समय फरार रहँदै आएका उनलाई शविराज–६ बाट पक्राउ गरिएको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए ।

उनलाई कैद भुक्तानका लागि कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?