
काठमाडौं । पपस्टार सकिराले ‘मेट गाला २०२५’ मा प्रबल गुरुङले डिजाइन गरेको पहिरन प्रस्तुत गरेकी छन् । गुलाबी पहिरनमा उनी राजकुमारीजस्तै देखिइन् ।
नेपाली समयानुसार मंगलबार बिहान न्यूयोर्कमा यसवर्षको विश्व फेसनको महाकुम्भ मेटगाला आयोजना भयो । प्रबलले वर्षेनी यो मेलामा आफ्ना डिजाइन प्रस्तुत गर्दै आएका छन् ।
‘चम्किलो गुलाबी पहिरनमा सकिराले मेट गालामा राजकुमारीको जस्तै ऊर्जा प्रस्तुत गरिन्’ पिपुल म्यागजिनले लेखेको छ । अघिल्लो संस्करणमा बलिउड अभिनेत्री आलिया भट्टले गुरुङको डिजाइन लगाएर मेटगालामा डेब्यु गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4