
२३ बैशाख, काठमाडौं । सरकारले चीनको बेइजिङस्थित नेपाली दुतावासको ‘इकोनोमिक मिनिष्टर’मा सहसचिव पार्वती अर्याललाई पठाउने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार सहसचिव अर्याललाई चार वर्षका लागि ‘इकोनोमिक मिनिष्टर’को जिम्मेवारीमा पठाउने निर्णय गरेकी हुन् ।
अर्थ मन्त्रालयकी सहसचिव अर्याल केही साताअघि परराष्ट्र मन्त्रालयमा सरुवा भएकी थिइन् । अर्यालसँग श्रम कुटनीति र बैदेशिक रोजगारीको क्षेत्रमा काम गरेको अनुभव छ ।
चीन र भारतस्थित नेपाली दुतावासमा राजदुत मातहत रहनेगरी सहसचिवस्तरको ‘इकोनोमिक मिनिष्टर’को पद छ । उनीहरुले आर्थिक कुटनीति, ब्यापार र बाणिज्यसम्बन्धी विषय हेर्ने गर्छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4