
काठमाडौं । ‘बोक्सीको घर’की निर्मात्री र अभिनेत्रीको रुपमा केकी अधिकारीको लागि २०८१ साल उत्साहप्रद रह्यो । उनी प्रदर्शन तयारीमा रहेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’बाट ब्यानरबाहिरको फिल्मलाई निरन्तरता दिने तयारीमा छिन् ।
पुस पहिलो साता जन्मदिन मनाउँदै गरेकी केकीले भाई विम्वलाई फिल्ममा डेब्यु गराउने घोषणा गरेकी थिइन् । अहिले यो फिल्मको स्क्रिप्ट लेखनमा काम भैरहेको उनले बताएकी छन् । ‘स्क्रिप्ट लेखनको काम भैरहेको छ । चित्त नबुझेसम्म लेख्ने काम भैरहन्छ’ अनलाइनखबरसँग उनले भनिन् ।
फिल्ममा ब्यापार र कलालाई सन्तुलन मिलाइरहेकी केकीको लागि ‘के घर के डेरा’ महत्वपूर्ण प्रोजेक्ट हुने देखिन्छ । विहीबार आयोजित यसको पत्रकार सम्मेलनमा उनी उत्साहित सुनिइन् । फिल्मको कथावस्तु र चरित्रलाई लिएर आफू प्रोजेक्टसँग जोडिएको बताउँदै उनले निकट भविष्यमा भाईलाई डेब्यु गराउने फिल्ममा पनि तयार हुने बताइन् ।
‘केकी ब्रेन विथ ब्युटी’ एक्ट्रेस हुन् । उनी यो छविलाई निरन्तरता दिने पक्षमा छिन् । सामाजिक संजालबाट उनले केही आकर्षक फोटो सेयर गरेकी छन् जसले उनको ग्ल्यामरलाई प्रतिविम्वित गर्छ ।
समर लुक्समा केकी एलिगेन्ट देखिएकी छन् । स्लिभलेस कालो पहिरन र फ्लावर प्रिन्टेड पहिरनमा उनी आकर्षक छिन् । यो सिलहुट पहिरनले केकीको समर सौन्दर्यलाई अझै खुलाएको छ ।
प्रतिक्रिया 4