२६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फ्रेन्चाईज लिग आगामी मंसिरमा सुरु गर्ने भएको छ । एन्फाको शुक्रबार धुलिखेलमा सम्पन्न साधारण सभाबाट पारित क्यालेन्डर अनुसार मंसिर १५ गतेदेखि महिला फ्रेन्चाइज फुटबल लिग सुरु गर्ने तय छ ।
पहिलो पटकमहिला फ्रेन्चाईज लिग आयोजना गर्ने तयारी भएको हो । अहिलेसम्म नेपालमा ३ पटक पुरुष फुटबल फ्रेन्चाइज लिग भइसकेको छ ।
यस्तै महिलातर्फ फ्रेन्चाइज लिग हुन लागेको फुटबल तेस्रो खेल हुनेछ । अहिलेसम्म क्रिकेट र फुटबलको फ्रेन्चाइज लिग नेपालमा आयोजना भइसकेको छ ।
पछिल्लो समय नेपालमा महिला फुटबलको चर्चा बढिरहेको छ । अन्तर्राष्ट्रिय महिला फुटबलमा पाएको सफलता र घरेलु महिला फुटबलले गर्दा अब फ्रेन्चाइज लिग पनि गर्ने तयारी गरेको हो ।
एन्फाले २०३१ सम्म महिला फुटबलको विश्वकप खेल्ने लक्ष्य राखेर महिला फुटबलमा प्राथमिकता दिँदै नयाँ योजना ल्याउन लागेको हो ।
एन्फा वुमन्स लिग र एन्फा यू-१७ वुमन्स युथ पनि भदाै बाट सुरु हुने तालिका छ ।
प्रतिक्रिया 4