+
+
Shares

पाकिस्तानलाई आईएमएफको ऋण सहायता, भारतले मतदानमा भागै लिएन

भारतले पाकिस्तानको कमजोर ट्र्याक रेकर्डलाई औंल्याउँदै उक्त आईएमएफ कोषको दुरुपयोग राज्य प्रायोजित सीमा पार आतंकवादमा हुने आशंका व्यक्त गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते ६:३९

२७ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीच तनावको बीचमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई एक्स्टेन्डेड फन्ड फेसिलिटी (ईएफएफ) कार्यक्रमअन्तर्गत एक अर्ब अमेरिकी डलर बराबरको रकम तत्काल जारी गरेको छ।

पाकिस्तानलाई ऋण दिने सम्बन्धमा भएको मतदानमा भारतले भाग लिएन। भारतले पाकिस्तानको कमजोर ट्र्याक रेकर्डलाई औंल्याउँदै उक्त आईएमएफ कोषको दुरुपयोग राज्य प्रायोजित सीमा पार आतंकवादमा हुने आशंका व्यक्त गरेको छ।

शुक्रबार आईएमएफ ले पाकिस्तानलाई दिइने एक अर्ब डलर ‘ईईएफ ऋण’ कार्यक्रमको समीक्षा गरेको थियो। सोही बैठकमा पाकिस्तानका लागि १.३ अर्ब डलरको नयाँ आरएसएफ कार्यक्रमबारे पनि छलफल गरिएको थियो ।

यो जलवायु परिवर्तन र महामारीजस्ता दीर्घकालीन संरचनात्मक जोखिमहरूसँग जुध्न कमजोर अर्थतन्त्र भएका देशहरूलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रम हो ।

भारतले भने पाकिस्तानलाई आईएमएफको ऋण सहायताप्रति फरक दृष्टिकोण राखेको छ । ‘पाकिस्तान लामो समयदेखि आईएमएफ बाट ऋण लिँदै आएको छ, तर ती ऋणसँग सम्बन्धित सर्तहरूको पालना गर्न पाकिस्तान असफल रहँदै आएको छ,’ भारतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्ला ३५ वर्षमा पाकिस्तानले २८ वर्ष आईएमएफबाट ऋण लिएको छ। सन् २०१९ देखि पछिल्ला पाँच वर्षमा पाकिस्तानले चारवटा सहायता कार्यक्रम प्राप्त गरिसकेको छ।

भारतले भनेको छ, ‘पाकिस्तानको अनुभवले देखाउँछ, या त आईएमएफका कार्यक्रमहरू ठीकसँग बनाइएनन्, या त तिनको निगरानी कमजोर रह्यो, या पाकिस्तानले तिनको कार्यान्वयन गम्भीरताका साथ गरेन।’

पाकिस्तानी सेना आर्थिक मामिलामा हस्तक्षेप गर्ने गरेकोले नीतिगत असफलता र सुधारको प्रक्रियामा उल्टो प्रभाव पर्ने जोखिम बढेको भारतले टिप्पणी गरेको छ । तर अहिले पाकिस्तानमा नागरिक सरकार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?