+

साफ यु-१९ च्याम्पियनसिप : नेपालले श्रीलंकासँग खेल्दै

२०८२ वैशाख  २८ गते १२:३२ २०८२ वैशाख २८ गते १२:३२
साफ यु-१९ च्याम्पियनसिप : नेपालले श्रीलंकासँग खेल्दै

२८ बैशाख, काठमाडौं । भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यु-१९ च्याम्पियनसिपमा नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।

समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

नेपालले श्रीलंका विरुद्ध जित हासिल गरे एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

नेपाल रहेको समूह बी को पहिलो खेलमा भारतले श्रीलंकालाई ८-० को फराकिलो अन्तरले पराजित गरिकसको छ ।

राम थापाको कप्तानीमा रहेको नेपाल सामु श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान बनाउने अवसर छ ।

समूहको अन्तिम खेल नेपाल र भारतबीच मंगलबार हुनेछ । आजै समूह बी अन्तर्गत बंगलादेश र भुटानबिको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ । समूह ए को पहिलो खेलमा बंगलादेश र माल्दिभ्सले २-२ को बराबरी खेलेका थिए ।

समुह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

साफमा यस उमेर समूहमा नेपाल र श्रीलंका हालसम्म दुई पटक खेलेकोमा नेपाल अपराजित छ । नेपालले यसअघिका दुवै खेल जितेको थियो ।

सन् २०२२ मा भएको साफ यु–२० च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

यस्तै गत वर्ष घरेलु मैदानमै भएको साफ यू-२० च्याम्पियनसिपमै नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो ।

नेपाली यू-१९ टिम :

गोलकिपर : भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बानिया

डिफेन्डर : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का

मिडफिल्डर : कृष्ण बहादुर आले, कृष्ण थापा मगर, सरोज दर्लामी, लछु थापा, सबिन कुमारी लुन्गेली मगर, रञ्‍जित लामा, सुबाश बम, विज्ञान खड्का

फरवार्ड : पवन पाख्रिन, धरब्रेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ

नेपाल यू-१९ फुटबल टिम साफ यु-१९ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय