+
+
Shares

होटलमा डरत्रास देखाएर लुटपाट, ८ आरोपित पक्राउ 

उनीहरूले पीडितहरूसँग नगद भए नगद नै लुटपाट गर्ने र नगद नभए डरत्रास देखाउँदै बैंक खाता तथा इसेवामार्फत रकम पठाउन लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १९:१७

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको एक होटलमा डरत्रास देखाएर लुटपाट गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
  • पक्राउ परेकाले होटलमा आएर धम्क्याएर नगद र बैंक खाताबाट रकम लुटपाट गरेका थिए।
  • प्रहरीले पक्राउ परेकाहरूदेखि विभिन्न मोबाइल, मोटरसाइकल र नगद बरामद गरेको छ।

२८ वैशाख, काठमाडौं । काठमाडौंको एक होटलमा डरत्रास देखाएर लुटपाट गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपुरको गैंडाकोट नगरपालिका-२ का २४ वर्षीय अनिष केसी, चितवन भरतपुर महानगरपालिका-१८ का अतित क्षेत्री, भरतपुर महानगरपालिका-११ का २४ वर्षीय सन्दीप विक, नवलपुर दिपचुली नगरपालिका-१६ का २३ वर्षीय सन्दीप परियार छन् ।

यसैगरी पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका-११ का २५ वर्षीय दिप्सन भनिने विवेक मल्ल ठकुरी, चितवन भरतपुर महानगरपालिका-१० का २२ वर्षीय बादल तामाङ, लमजुङ उदीपुर नगरपालिका-२ की १९ वर्षीय सक्रिय खनिया र सुनसरी धरान उपमहानगरपालिका-१७ की २४ वर्षीया कविता राई छन् ।

प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरूले काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित ‘होटल मेन्स’ मा प्रवेश गरी पीडितहरूलाई धम्क्याएर लुटपाट गर्ने गरेका थिए ।

उनीहरूले पीडितहरूसँग नगद भए नगद नै लुटपाट गर्ने र नगद नभए डरत्रास देखाउँदै बैंक खाता तथा इसेवामार्फत रकम पठाउन लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले होटलमा आउने व्यक्तिहरूसँग डरत्रास देखाएर ३ लाख ६३ हजार रुपैयाँ लुटपा६ गरेको प्रहरीको भनाइ छ ।

पीडितहरूको सूचनाको आधारमा उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएका व्यक्तिहरूबाट विभिन्न कम्पनीका ९ थान मोबाइल, बागमती प्रदेश ०२-०५३ प ९८७८ नम्बरको मोटरसाइकल र नगद ५२ हजार रुपैयाँ बरामद भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?