+
+
Shares

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १९:५०

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • विश्व पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा राजीनामा दिएका छन्।

२८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् ।

यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो ।

तर, भट्टको नाममा प्रधानमन्त्री ओली नै सहमत नभएपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रुपमा अघि सारेको छ ।

सोही पृष्ठभूमिमा पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिउँसो राजीनामा बुझाएका हुन् ।

समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए ।

यसअघि पनि राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएपछि अधिकारीलाई नयाँ सदस्य बनाइएको थियो । पौडेलको ठाउँमा सरकारले अर्थशास्त्रीहरूमध्येबाट कसैलाई सदस्य नियुक्त गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?