
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- गुल्मी जिल्लामा पौडी खेल्ने क्रममा एक १७ वर्षीय युवकको मृत्यु भएको छ।
- छल्दी खोलामा पौडी खेल्ने क्रममा युवक डुबेर वेपत्ता भएको र पछि मृत अवस्थामा फेला परेका हुन्।
- घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको छ।
२८ वैशाख, गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक जना युवाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका वडानम्बर–४ स्थित छल्दी खोलामा पौडीखेल्ने क्रममा गुल्मी मुसिकोट–६ भुवाचिदी बस्ने १७ वर्षका ग्रिष्म शर्मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले बताए ।
आइतबार अपरान्न तिर छल्दी खोलामा पौडी खेल्न गएका युवाहरुमध्ये शर्मा ढुबेर वेपत्ता भएका थिए । उनलाई खोज्ने क्रममा मृत फेला पारेको सारुले बताए ।
घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्ररही निरीक्षक भुपेन्द्र थापाको कमाण्डमा प्रहरी परिचालन भएको छ ।
प्रतिक्रिया 4