२९ बैशाख, काठमाडौं । प्रिमियर लिगको शीर्ष दुई स्थानमा रहेका लिभरपुल र आर्सनलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
यसअघि नै उपाधि पक्का गरिसकेको लिभरपुलले सुरुमा दुई गोलको अग्रता लिएपनि जोगाउन सकेन ।
आर्सनलले दोस्रो हाफमा पुनरागमन गर्दै दुई गोल गरेको हो ।
घरेलु मैदान एनफिल्डमा कोडी गाक्पोले २०औं र लुइस डियाजले २१औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा त्यो अग्रता कायम रहेन ।
गाब्रीएल मार्टिनेलीले ४७औं मिनेटमा गोल गर्दै आर्सनललाई खेलमा फर्काउने संकेत गरेका थिए । आर्सनलका मिकेल मेरिनोले ७०औं मिनेटमा बराबरी गोल फर्काए । ७९औं मिनेटमा रातो कार्ड सामना गर्दै गोलकर्ता मेरिनो मैदान बाहिरिएपछि आर्सनल दश खेलाडीमा समेटिएको थियो । तर त्यसको फाइदा लिभरपुलले उठाउन सकेन र बराबरीमै रोकियो ।
बराबरीपछि च्याम्पियन लिभरपुलको ३६ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको आर्सनलको समान खेलबाट ६८ अंक छ ।
प्रतिक्रिया 4