
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- प्रहरीले उनलाई ट्रामाडोल, नाइट्राजेपाम र नगदसहित नियन्त्रणमा लिएको छ ।
- उनीविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान जारी रहेको छ र उनलाई ५ दिनको म्याद दिइएको छ ।
२९ वैशाख, काठमाडौं । स्कुटरमा लागु औषध बोकेर हिंडेका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ घर भई काठमाडौं टेकु बस्दै आएका १९ वर्षीय सुजन श्रेष्ठ छन् । उनलाई प्रहरीले बा ९७ प ५९४२ स्कुटरमा लागु औषध बोकेर हिंडेको अवस्थामा काठमाडौंको बाफलबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीबाट प्रहरीले ट्रामाडोल ८८ क्याप्सुल, नाइट्राजेपाम १ हजार क्याम्पसु, नगलद १६ हजार, २ थान मोबाइल र स्कुटर बरामद गरेको छ ।
उनीविरुद्ध लागुऔषधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4