+
+
Shares

पोल्याण्ड पठाउने भन्दै ठगेको आरोपमा एक युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते ११:००

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • पोल्याण्ड पठाउने भन्दै युवतीलाई ठगी गरेको आरोपमा महोत्तरीकी दीपाकुमारी पोख्रेल पक्राउ परिन् ।
  • उनी काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ परेकी हुन् र उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ।
  • प्रहरीले बताएअनुसार, उनले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलवको झाँकमा ठगी गरेको थिए।

२९ वैशाख, काठमाडौं । पोल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ बस्दै आएकी ३३ वर्षीया दीपाकुमारी पोख्रेल छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।

उनले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलवमा रोजागारीका लागि पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?