
News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तिस्थित रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा सडक अझै सञ्चालनमा आएको छैन।
- इलाका प्रहरी कार्यालय मंगलटारले रातिदेखि नै राजमार्ग खोल्ने प्रयास गरिरहेको छ र १७ यात्रुको उद्धार गरिएको छ।
- बाढीले रोशी गाउँपालिकाको माम्तीमा डाइभर्सन बगाएको स्थानमा एकतर्फी राजमार्ग खुलाइएको छ र पूर्वबाट आउने सवारीलाई रोकिएको छ।
३० वैशाख, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा अवरुद्ध भएको सडक अझै सञ्चालनमा आएको छैन ।
सोमबार रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिकाको माम्तीमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध छ ।
बाढीले रोशी ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बगाएको स्थानमा एकतर्फी राजमार्ग खुलाइएको छ । प्रहरीले राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।
पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4