+
+
Shares

सुदूरपश्चिममा नाउपाको संसदीय दलको बैठक बस्दै, मन्त्रीको टुंगो लगाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १०:३५
दलका नेता घनश्याम चौधरी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको पदको लागि नयाँ उम्मेदवार चयन गर्न बैठक बोलाएको छ।
  • बैठकमा अन्य समसामयिक विषयहरू समेत छलफल हुने बताइएको छ र यसले पार्टीको निर्णयप्रति संकेत गर्दछ।
  • अहिले उक्त मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाहले नै राखेका छन् र नाउपाको सिफारिस अनुसार नयाँ मन्त्री नियुक्ति हुनेछ।

३० वैशाख, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाएको छ ।

दलका नेता घनश्याम चौधरीले  रिक्त रहेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कसलाई पठाउने भन्नेबारे छलफल र निर्णय गर्न बैठक बोलाइएको जानकारी दिए ।

नाउपाको प्रदेश संसदीय दलको कार्यालयमा बैठक बस्दैछ । उनका अनुसार बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल हुनेछ ।

तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले आर्थिक लेनदेनसम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए ।

१६ चैतमा चौधरीले पदबाट राजीनामा दिएपछि अहिले उक्त मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाहले आफैंसँग राखेका छन् ।

नाउपाले सर्वसम्मत रूपमा सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय लिइने जनाएको छ ।

नाउपाको सिफारिसका आधारमा मुख्यमन्त्री शाहले मन्त्री नियुक्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?