+

८ खेलपछि धीरेन्द्रको निलम्बन फुकुवा, सरस्वतीलाई ३ अंक

२०८२ वैशाख  ३० गते १३:०४ २०८२ वैशाख ३० गते १३:०४
८ खेलपछि धीरेन्द्रको निलम्बन फुकुवा, सरस्वतीलाई ३ अंक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्फाले फरवार्ड धिरेन्द्रबहादुर शाहलाई निलम्बन फुकुवा गरी अब लिगका बाँकी तीन खेल खेल्न अनुमति दिएको छ।
  • सरस्वती युथ क्लबको ३ अंक फिर्ता भएको छ र उनीहरूको कुल अंक १३ पुगेको छ।
  • धिरेन्द्रबहादुर शाहको निलम्बनसँग सम्बन्धित विवाद र निर्णय परिवर्तनले क्लबको स्थिति र अंकमा प्रभाव परेको छ।

३० वैशाख, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको सरस्वती युथ क्लबका फरवार्ड धिरेन्द्रबहादुरको निलम्बन फुकुवा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फरवार्ड धीरेन्द्रबहादुर शाहलाई अर्को निर्णय नभएसम्म लिगबाट निलम्बन गरेको थियो ।

एन्फाले मंगलबार सरस्वती क्लबलाई पत्र पठाउँदै धिरेन्द्र लिग खेल्न योग्य रहेको जनाएको छ । योसँगै उनले अब लिगमा बाँकी रहेको तीन खेल खेल्न पाउने भएका छन् ।

‘अखिल नेपाल फुटबल संघको अपिल समितिले सरस्वती युवा क्लबका खेलाडी धीरेन्द्र बहादुर शाहलाई जारी शहिद स्मारक बी डिभिजन लिग २०८१ मा खेल्न अनुमति दिएको छ,’ एन्फाले सामाजिक सञ्जालमा स्टेटमेन्ट जारी गर्दै लेखेको छ, ‘यसअघि एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले गरेको निर्णयलाई बदर गर्दै अपिल समितिले शाहलाई खेल्न बाटो खुला गरिदिएको हो । समितिले यसअघि नयाँ बस्ती युवा क्लबलाई सरस्वती युवा क्लब विरुद्धको खेलमा दिएको ३–० को नतिजालाई उल्ट्याउँदै सरस्वती क्लबको पक्षमा निर्णय लिएको छ ।’

धिरेन्द्र निलम्बनसँगै सरस्वतीको ३ अंक खोसिएको थियो । खोसिएको ३ अंक पनि फिर्ता भएको छ । योसँगै सरस्वतीको १० खेलबाट १२ अंक भएको छ ।

सरस्वतीले मंगलबार तेस्रो स्थानको वीरगंज युनाइटेडसँग खेल्दैछ ।

२०७९ सालमा टुसाल युथ क्लबसँग बी डिचिजनका लागि सम्झौता गरेर अहिले सरस्वती युथ क्लबबाट खेलेको भन्दै नयाँबस्ती युथ क्लबले धिरेन्द्र विरुद्ध उजुरी दर्ता गरेको थियो ।

२०७९ सालमा बी डिभिजन लिग स्थगित भएको थियो । त्यसपछि यस सिजन सरस्वतीले धिरेन्द्रको नाम फिफा कनेक्टमा दर्ता गर्दै बी डिभिजनका लागि अनुबन्ध गरेको थियो ।

धिरेन्द्रले सुरुवाती दुई खेफमा सरस्वतीबाट खेल्दै २ गोल गरेपछि विवाद उत्पन्न भएको थियो ।

निलम्बन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय