+
+
Shares

सरकार कुशासनको अभ्यासकर्ता बन्यो : नारायणकाजी श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सरकारलाई श्रेष्ठले कुशासन र भ्रष्टाचारको अभ्यासकर्ता भनेका छन्।
  • उनी भन्छन् कि सरकार निरंकुश र पारदर्शिता विहीन हुँदै गएको छ।
  • श्रेष्ठले जनताको अपेक्षा अनुसारको आर्थिक विकास र समृद्धि आवश्यक रहेको बताए।

३० वैशाख, गुल्मी । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार कुशासनको अभ्यासकर्ता बनेको बताएका छन् ।

मंगलबार प्रेस सेन्टर गुल्मीले तम्घासमा राखेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले सरकार भ्रष्टचारीलाई प्रोत्साहि गर्ने कुशासनको अभ्यासकर्ता बनेको बताएका हुन् ।

नेपाली जनतालाई सुन्दा पनि लाज भइरहेको बताउँदै उनले भने, ‘गर्भनर नियुक्ति विषयमा खिचातानी हुँदा देशमाथि नै खेलवाड भइरहेको छ । सरकारले विधिको शासनको धज्जी उडाएको छ ।’

पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले सरकार निरंकुश बन्दै गएको पनि दावी गरे ‘सरकार निरंकुश बन्दै गइरहेको छ,’ श्रेष्ठले भने, ‘कसैको कुरा सुन्ने स्थिति छैन ।’ सरकारबाट पारदर्शिता छैन, छलकपट मात्रै भइरहेको छ ।’

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सरकार भत्काउने र अर्को बनाउने खेलमा नरहेको जिकिर गर्दै उनले जनताको बीचमा गएर पार्टीलाई बलियो बनाउने अभियानमा केन्द्रित रहेको बताए ।

राजावादी र प्रतिगामी शक्तिलाई परास्त गर्ने अचुक औषधी सुशासन र समृद्धि भएको श्रेष्ठको भनँइ छ । ‘नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास र समृद्धिको प्रक्रियाले गति लिन नसक्दा जनता निराश भएका हुन्,’ उनले भने, ‘त्यो निराशामाथि खेल्दै राजावादीहरूले गतिविधि गरिरहेका छन् । खासमा जनतालाई राजा ल्याउनु छैन, भ्रष्टाचार र कुशासन भगाउनुछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?