
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद महेश बस्नेतले काठमाडौं उपत्यकामा राइड सेयरिङ र अनलाइन सेवाहरूले मनोमानी भाडा लिइरहेको र कर नतिरेको आरोप लगाएका छन्।
- उनीले सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गरेका छन् र यसले ठूलो आर्थिक ठगी भएको बताएका छन्।
- अन्तर्राष्ट्रिय हवाई सेवाहरूले यात्रुहरूलाई लामो समयसम्म कुराउने र उडान रद्द भए जिम्मा नलिने प्रवृत्ति देखिएको उनले बताए।
३१ वैशाख, काठमाडौं । राइड सेयरिङको भाडादारको विषय संसद्मा उठेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद महेश बस्नेतले यो विषय उठाएका हुन् ।
‘काठमाडौं उपत्यकामा इनड्राइभ जस्ता अनलाइन सेवाहरूले ग्राहकलाई मनपरी भाडा लिएर र सरकारलाई एक पैसा कर नतिरि अर्बौं ठगी गरिरहेका छन्’, उनले भने । यो विषयमा सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ ।
नेपालका आन्तरिक हवाइ सेवाले समेत यात्रुहरूलाई आधा घण्टाका लागि चार घण्टा सम्म कुराउने र उडान रद्द भए जिम्मा नलिने प्रवृति नरहेको भनेर समेत उनले सरकारको ध्यानाकर्षण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4