+
+
Shares

राजस्व बक्यौता उठाउन नसक्दा चुलिँदै बेरुजु

बेरुजुमध्ये पनि राजस्व बक्यौताको हिस्सा ४ खर्ब ७२ अर्ब ३५ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको सरकारको कुल बेरुजु रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।
  • यसमध्ये, करबाह रकम ४ खर्ब ७२ अर्ब ३५ करोड रहेको छ।
  • अझै पनि वैदेशिक अनुदान, ऋण र ब्याजलगायत अन्य बक्यौता रकम बाँकी रहेको छ।

३१ वैशाख, काठमाडौं । राजस्व बक्यौता उठाउन नसक्दा बेरुजु रकम चुलिँदै गएको देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म कुल बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड पुगेको छ । यसमध्ये कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु रकम ५ खर्ब ५१ अर्ब २ करोड रुपैयाँ छ ।

यस्तो बेरुजुमध्ये पनि राजस्व बक्यौताको हिस्सा ४ खर्ब ७२ अर्ब ३५ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान ६ अर्ब २५ करोड, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण १४ अर्ब ३३ करोड, जमानत बसी ऋण लिएको भाखा नाघेको साँवा ब्याज ४९ अर्ब ३७ करोड र लेखा परीक्षण बक्यौता ८ अर्ब ७१ करोड रुपैयाँ रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?