+
+
Shares

‘महाभोज’का कलाकारले मध्यरातमा किन लेखे- सत्य कहिल्यै लुक्दैन ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘महाभोज’को प्रचारका लागि कलाकार र निर्देशकले एउटै स्टाटस पोस्ट गरे, जसले सामाजिक सञ्जालमा चर्चा र अड्कलबाजी जन्मायो।
  • यो फिल्म सहकारी ठगीको कथामा आधारित छ र यसले समाजको गहिरो पीडालाई उजागर गर्दछ, जसले यसलाई केवल मनोरञ्जन होइन, एक यथार्थ प्रश्नको रूपमा प्रस्तुत गर्दछ।
  • निर्देशक दिनेश राउत र कलाकारहरूले यस फिल्मलाई समाजको वास्तविकता र पीडाको अभिव्यक्तिको रूपमा देखाउँदै, यसलाई दर्शकहरूले हेरेपछि यसको वास्तविकता बुझ्न सकिने बताएका छन्।

काठमाडौं । मंगलबार मध्यरातमा फिल्म ‘महाभोज’का सदस्यले एउटै स्टाटस सामाजिक संजालमा पोस्ट गरे । सबैको पोस्टमा लेखिएको थियो- सत्य कहिल्यै लुक्दैन ।’

यो स्टाटस राति देखेपछि धेरैले अचम्म माने । कोहीले व्यक्तिगत प्रतिक्रिया हुनसक्ने लख् काटे । धेरैले भएको को हो भनेर स्टाटसमा कमेन्ट गरे ।

जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’का निर्देशक र कलाकारले एउटै शैलीमा स्टाटस लेखेका थिए । निर्देशक दिनेश राउत, कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतले एकै समयमा उक्त वाक्यांश लेखेपछि सामाजिक सञ्जालमा अनेक अड्कलबाजी हुन थाले ।

के यो फिल्मको प्रचार शैली हो ? निर्माताले यसबारे प्रष्टीकरण दिएका छन् ।

‘महाभोज’ सहकारी ठगी प्रकरणमा आधारित कथाको फिल्म हो । यस सन्दर्भमा अभिनेता राईले भनेका छन्, ‘नेपालमा आर्थिक क्रान्तिको सपना बोकेर सहकारी स्थापना भए, तर त्यसकै पहुँचमा रहेका केही व्यक्तिले सर्वसाधारणको गाढा पसिनाको पैसा लुटे । ‘महाभोज’ त केवल फिल्म होइन, एक यथार्थ प्रश्न हो ।’

अघि लेखिएको छ, ‘यसै कथनबाट सङ्केत पाइन्छ कि यो चलचित्र कुनै काल्पनिक कथा होइन, बरु समाजको गहिरो पीडा बोकेको अभिव्यक्ति हो । यी सबै प्रश्नको उत्तर अब एकै छ – ‘महाभोज’ हेरेपछि थाहा हुनेछ ।

यसअघि पूजार सार्की र प्रकाशजस्ता सामाजिक कथावस्तुका फिल्म निर्देशन गरेका निर्देशक राउतको यो फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?