News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्डेनगेट बास्केटबल क्लबले कीर्तिपुरलाई पराजित गरी आफ्नो अपराजित यात्रा जारी राख्यो।
- खेलमा गोल्डेनगेटले अन्ततः ९२-६५ को अन्तरले जित हासिल गर्यो र अजय कुश्वाहाले २२ अंक सहित सर्वश्रेष्ठ खेल प्रदर्शन गरे।
- खेलको क्रममा पहिलो क्वाटरमा गोल्डेनगेटले अग्रता लिएको भए पनि कीर्तिपुरले मध्य भागमा पुनरागमन गरेपछि खेल रोमाञ्चक बन्यो।
३१ बैशाख, काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले कीर्तिपुर बास्केटबल क्लबलको अपराजित यात्रा टुङ्गयाउँदै हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा दोस्रो जित हात पारेको छ ।
कीर्तिपुर कभर्डहलमा बुधबार भएको खेलमा गोल्डेनगेटले कीर्तिपुरलाई ९२-६५ ले पराजित गरेको हो । दोस्रो जितपछि गोल्डेनगेटले ३ खेलबाट ६ अंक जोडेको छ । पहिलो हार व्यहोरेको कीर्तिपुरको पनि ३ खेलबाट समान ६ अंक नै छ ।
पहिलो क्वाटर गोल्डेनगेटले २९-२१ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो क्वाटरमा कीर्तिपुरले पुनरागमन गर्दै २४-१९ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म गोल्डेनगेटले ४८-४५ को झिनो अग्रता बनाएको थियो ।
तर तेस्रो र चौथो क्वाटर २१-९ र २३-११ ले आफ्नो पक्षमा पारेपछि गोल्डेनगेटले सहजै खेल जितेको हो ।
गोल्डेनगेटका लागि अजय कुश्वाहाले सर्वाधिक २२ अंक जोडे । उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर पनि घोषित भए । कीर्तिपुरमा लागि सयुन राईले १७ अंक स्कोर गरे ।
प्रतिक्रिया 4