+
+
Shares

मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोहन बस्नेतको सांसद पद भ्रष्टाचारको मुद्दा दायर भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ।
  • भ्रष्टाचार सम्बन्धी ऐन अनुसार, मुद्दा दायर भएपछि सांसदको पद स्वतः निलम्बन हुन्छ र यसबारे औपचारिक जानकारी प्राप्त भएपछि मात्र प्रतिक्रिया दिइन्छ।
  • संसद सचिवालयले निलम्बनको सूचना संसदमा सुनाउनु पर्ने व्यवस्था रहेको छ, जुन भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा उल्लेख गरिएको छ।

१ जेठ, काठमाडौं । मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ ।

भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो ।

तर, यस सम्बन्धी औपचारिक प्रतिक्रिया जानकारी पाएपछि मात्रै दिइने संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।

प्रतिनिधि सभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ । निलम्बनको सूचना सभामुखले संसदमा सुनाउनुपर्ने व्यवस्था छ ।

यस सम्बन्धी व्यवस्था भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा छ । जहाँ भनिएको छ, ‘…थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?