+
+
Shares

अदालतमा रवीन्द्र : जिल्लामा हतकडी, सर्वोच्चमा खाली

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालतमा उपस्थित गराइएको छ।
  • मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ।
  • अदालतले मिश्रलाई हतकडीबिना अदालत ल्याएको र उनीसँग सम्बन्धित मुद्दाको सुनुवाइ जारी रहेको छ।

१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि अदालत लगिएको छ ।

पत्नी सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले यसअघि कारण देखाउ आदेश जारी गर्दै  अदालत उपस्थित गराउन भनेको थियो ।

सोही अनुसार उनलाई बिहीबार सर्वोच्च अदालत उपस्थित गराइएको हो ।

मिश्रलाई हतकडीबिनै सर्वोच्च परिसर लगिएको थियो । यसअघि तीनकुने घटनामा म्याद थपका लागि जिल्ला अदालत लैजाँदा भने उनलाई हतकडीसहित अदालत परिसरमा लाने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?