+

महिला फुटबलको क्याम्पबाट १७ खेलाडी बाहिरिए

२०८२ जेठ  २ गते १७:१३ २०८२ जेठ २ गते १७:१३
महिला फुटबलको क्याम्पबाट १७ खेलाडी बाहिरिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला फुटबल टिमले थाइल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलको तयारीका लागि १७ खेलाडी बाहिरिएका छन्।
  • टिमले ४८ खेलाडीबाट छनोट गरी ३१ खेलाडी छनोट गरेको थियो, तर बन्द प्रशिक्षणमा १७ खेलाडी बाहिरिए।
  • एएफसी वुमन्स एसियन कप छनोट तयारीको क्रममा नेपालले थाइल्याण्डसँग दुई खेल खेल्दैछ, जसमा पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ।

२ जेठ, काठमाडौं । नेपाली महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् । टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलको तयारी रहेको टिममा ३१ खेलाडी छनोट गर्दा १७ खेलाडी बाहिरिएका हुन् ।

तामाङले सुरुमा ४८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए । एएफसी वुमन्स एसियन कप क्वालिफायरको तयारीमा रहेको नेपालले थाइल्याण्डसँग दुई खेल खेल्दैछ ।

नेपाल र थाइल्याण्डबीचको पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ । उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।

छनोटमा नेपाल र उज्वेकिस्तानसँगै श्रीलंका र लाओस समूह एफमा छ ।

एन्फाले महिला राष्ट्रिय टिमका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गर्ने प्रक्रृया सुरु गरेपनि थाइल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलका लागि राजेन्द्र तामाङले नै जिम्मा पाएका छन् ।

बन्द प्रशिक्षणमा कायम रहेका खेलाडीहरू

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जन राना मगर, उषा नाथ, लिला जोशी
डिफेण्डर : गीता राना, निशा थोकर, अमृता जैशी, पुजा राना, विमला विक, मनमाया दमाई, समिक्षा घिमिरे, प्रतिक्षा चौधरी, सबिना चौधरी,
मिडफिल्डर : रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सरस्वती हमाल, हेमा राउत, तुलासा बोहरा, विमला चौधरी, अनिता बस्नेत, सविता राना मगर, सुस्मा तामाङ
फरवार्ड : सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, रेखा पौडेल,अनिता केसी, चन्द्रा भण्डारी, ममता पुन, मिना देउवा, पूर्णिमा राई

नेपाली महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय