+
+
Shares

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १७:४८
सुरेन्द्रनारायण यादव/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर जिल्ला अदालतले जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ।
  • यादव ७ वैशाखमा सप्तरीबाट पक्राउ परेका थिए ।
  • उनमाथि १ करोड ८५ लाख रुपैयाँ बिगो असुल गर्न मुद्दा दायर भएको थियो र विवाद ललितपुरको इमाडोलको घरबाट सुरु भएको देखिन्छ।

४ जेठ, काठमाडौं । जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।

अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाउने प्रक्रिया अघि बढेकाले बुझाएपछि छाडिने जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

ठगीको कसुरमा ७ वैशाखमा सप्तरीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले दिएको जाहेरीका आधारमा उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।

जनमतका नेताहरूको यो विवाद भने ललितपुरको इमाडोलको एक घरबाट सुरु भएको देखिन्छ । शिवा आलेको नाममा रहेको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको कित्ता नम्बर ९४३ को १४३.१२ वर्गमिटरमा (साढे चार आना) तीन तले आठ कोठे घरको विवादका कारण उनी पक्राउ परेका थिए

यो खरिदका लागि भने जनमत पार्टीको सचिवालयले नै निर्णय गरेर कोषाध्यक्ष समेत रहेका यादवलाई जिम्मा दिएको बताएको थियो । त्यस वापत रकम कोषाध्यक्ष यादवलाई दिएको बताएका थिए । तर यादवले भने उक्त चुनावका बेला लगेको र अहिले तिरेको दाबी गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?