+
+
Shares

चीन लगेर नेपाली युवती बेचेको आरोपमा पक्राउ परेका आशिष कारागार चलान

उनलाई काठमाडौं जिल्ला अदालतको आइतबारको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले आशिष नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।
  • मानव बेचबिखन अनुसन्धान ब्युरोले आशिष नेपालीलाई ९ वैशाखमा पक्राउ गरेको थियो।
  • उनले नेपाली युवतीलाई चीन लगेर १८ हजार नेपाली रुपैयाँमा बेचेको आरोप लागेको छ।

४ जेठ, काठमाडौं । चीनको लिपिङमा रहेको छिरिङ डान्सबारमा लगेर नेपाली युवतीलाई बेचेको आरोपमा पक्राउ परेका एक नेपाली युवक कारागार चलान भएका छन् ।

कारागार चलान हुनेमा आशिष नेपाली परियार भनिने आशिष नेपाली छन् ।

उनलाई काठमाडौं जिल्ला अदालतको आइतबारको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले ९ वैशाखमा पक्राउ गरेको थियो ।

उनले एक नेपाली युवतीलाई चीन लगेर १८ हजार नेपाली रुपैयाँमा बेचेको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?