+
+
Shares

कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक अफर

कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी ‘सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आइपीएसको साथ’ अफर सार्वजनिक गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कनेक्ट आईपीएसले लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा क्यासब्याक अफर सार्वजनिक गरेको हो।
  • अफर ४ जेठदेखि ३१ साउनसम्म लागु हुनेछ र हरेक साता १० विजेताले १ हजार रुपैयाँ फिर्ता पाउनेछन्।
  • मासिक एक विजेताले प्रिमियम रकम बराबर वा अधिकतम २० हजार रुपैयाँ फिर्ता पाउनेछन् र विजेताको जानकारी वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

४ जेठ, काठमाडौं । कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्ने ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरिएको छ ।

४ जेठदेखि ३१ साउनसम्म लागु हुने गरी कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी ‘सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आइपीएसको साथ’ अफर सार्वजनिक गरिएको हो ।

यस अफर अन्तर्गत कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक साता १० जना भाग्यशाली प्रयोगकर्ताले १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने हरेक महिना एक भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकम बराबर वा अधिकतम २० हजार रुपैयाँसम्म फिर्ता पाउन सक्नेछन् ।

लक्की ड्रमार्फत छानिएका १० साप्ताहिक विजेताको जानकारी हप्ता सकिएपछि तथा मासिक १ भाग्यशाली विजेताको जानकारी महिना सकिएपछि कनेक्ट आईपीएसको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिने छ ।
कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानीमा उक्त अफर लागु हुनेछ ।

उक्त प्रणाली मार्फत सबै लाइफ र केही माइक्रोलाइफ गरी १७ कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?