+

सुदर्शन र गिलको दोहोरो शतकीय साझेदारीमा गुजरातको शानदार जित

२०८२ जेठ  ४ गते २३:३५ २०८२ जेठ ४ गते २३:३५
सुदर्शन र गिलको दोहोरो शतकीय साझेदारीमा गुजरातको शानदार जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुजरात टाइटान्सले दिल्ली क्यापिटल्समाथि १० विकेटको जितसँगै प्लेअफमा स्थान पक्का गरेको छ।
  • साइ सुदर्शनले अविजित शतक र शुभमन गिलले अविजित ९३ रन बनाएर गुजरातलाई जित दिलाए।
  • प्लेअफमा बेंगलुरु, पञ्जाब, गुजरातको स्थान निश्चित भएको छ।

१७ वैशाख, काठमाडौं । ओपनरद्वय साइ सुदर्शनको अविजित शतक र कप्तान शुभमन गिलले अविजित ९३ रन बनाएपछि गुजरात टाइटान्सले दिल्ली क्यापिटल्समाथि १० विकेटको शानदार जित निकाल्दै प्लेअफमा स्थान पक्का गरेको छ ।

आइतबार भएको दोस्रो खेलमा दिल्लीले दिएको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्‍यो । सुदर्शन ६१ बलमा १२ चौका र ४ छक्कासहित १०३ रनमा अविजित रहे । कप्तान गिल ५३ बलमा ३ चौका र ७ छक्कासहित ९३ रनमा अविजित रहे।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १९९ रनको योगफल खडा गरेको थियो । दिल्लीका लागि पनि ओपनर केएल राहुलले अविजित ११२ रनको शतकीय पारी खेले ।

अभिषेक पोरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टन स्टब्सले अविजित २१ रन बनाए । गुजरातका अर्शद खान, प्रसिध कृष्णा र साइ किशोरले १-१ विकेट लिए ।

यस जितपछि गुजरातको १२ खेलमा १८ अंक भएको छ र शीर्षस्थानमा उक्लिएको छ । बेंगलुरु र पञ्जाब समान १२ खेलमा १७ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

गुजरातसँगै बेंगलुरु र पञ्जाब पनि प्लेअफका लागि छनोट भएका छन् ।यसअघि आजको पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई १० रनले हराउँदै प्लेअफको एक कदम नजिक पुगेको थियो । बेलुकाको नतिजाले तीनवटै प्लेअफ पक्का भएको हो ।

अब दिल्लीसँगै मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्समध्ये एक टोली प्लेअफमा छनोट हुन सक्छन् ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय