News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला क्रिकेट टोलीले यूएईलाई ५ विकेटले पराजित गरी एसिया छनोट पार गरी ग्लोबल छनोटमा पुगेको छ।
- कप्तान इन्दु बर्माले खेललाई ऐतिहासिक क्षण र सबैको मेहेनतको फल भने र मनिषा उपाध्यायलाई म्यान अफ द म्याच अवार्ड समर्पित गरिन्।
- खेलपछि कप्तान इन्दुले नर्भसता र प्रेसर ह्यान्डलिङलाई सफलता र जितको मुख्य कारण बताइन्।
५ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले महिला टी-२० विश्वकपको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुग्नु ऐतिहासिक क्षण भएको बताएकी छन् ।
सोमबार यूएईलाई ५ विकेटले हराउँदै नेपालले पहिलोपटक एसिया छनोट पार गरेको हो । खेलपछि कुरा गर्दै कप्तान इन्दुले सबैको मेहेनतले यो हासिल भएको बताइन् ।
‘यो एकदम नर्भस खालको खेल थियो, अन्त्यमा हामीले प्रेसर ह्यान्डल गर्न सक्यौं र जित निकाल्न सक्यौं’ उनले भनिन्, ‘यो हाम्रो महिला क्रिकेटमा ऐतिहासिक क्षण हो, सबैको मेहेनतको प्रतिफल हो।’
इन्दुले आफुले भएको म्यान अफ द म्याच अवार्ड बलर मनिषा उपाध्यायलाई समर्पित गरिन् । मनिषाले यूएईका कप्तान इशा ओजाको सहित ४ विकेट लिँदै यूएईको योगफल केही कम गराउन भूमिका खेलिन् ।
कप्तान इन्दुले अविजित ३० रन बनाएपछि नेपालले यूएईलाई अन्तिम ओभरमा ५ विकेटले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको हो ।
प्रतिक्रिया 4