+
+
Shares

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ मंगलबारका लागि स्थगित गरेको छ।
  • अदालतले सोमबार पनि सुनुवाइ गर्न नमिल्ने जनाएको छ।
  • हिजो न्यायाधीशको इजलासले पेसी तोक्ने आदेश दिएको थियो।

५ जेठ, काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ सोमबार पनि स्थगित भएको हो ।

सर्वोच्च अदालतले मंगलबारका लागि पेसी तोकेको छ । सर्वोच्च प्रशासनले सोमबार पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित गरेको हो ।

यसअघि हिजो (आइतबार) न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश जारी गरेको थियो ।

आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । यद्यपि उक्त पेसी पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?