+

मुम्बई इन्डियन्सले भित्र्यायो बेयरस्टो, ग्लीसन र असलंका

२०८२ जेठ  ६ गते १२:२४ २०८२ जेठ ६ गते १२:२४
मुम्बई इन्डियन्सले भित्र्यायो बेयरस्टो, ग्लीसन र असलंका

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुम्बई इन्डियन्सले जोनी बेयरस्टो, रिचार्ड ग्लीसन र चरिथ असलंकालाई अस्थायी खेलाडीका रूपमा भित्र्याएको छ।
  • उनीहरू विल ज्याक्स, रायन रिकेल्टन र कोर्बिन बोस्चको स्थानमा ल्याइएका हुन् र प्लेअफ चरणदेखि मात्र उपलब्ध हुनेछन्।
  • बेयरस्टोले आईपीएलमा दुई शतकसहित उत्कृष्ट प्रदर्शन गरेका छन् भने असलंकालाई पहिलो पटक भारतमा आईपीएल खेल्न तयारी छ।

६ जेठ, काठमाडौं । मुम्बई इन्डियन्सले इंग्ल्यान्डका जोनी बेयरस्टो र रिचार्ड ग्लीसन तथा श्रीलंकाका चरिथ असलंकालाई अस्थायी खेलाडीका रूपमा भित्र्याएको छ। उनीहरू विल ज्याक्स, रायन रिकेल्टन र कोर्बिन बोस्चको स्थानमा ल्याइएका हुन् ।

बेयरस्टोलाई ५.२५ करोड, ग्लीसनलाई १ करोड र असलंकालाई ७५ लाखमा अनुबन्ध गरिएको हो। मुम्बईले शीर्ष चारमा स्थान बनाएको अवस्थामा यी खेलाडीहरू प्लेअफ चरणदेखि मात्र उपलब्ध हुनेछन् । प्लेअफ पुग्ने चौथो टोलीको टुंगो लाग्न बाँकी रहँदा मुम्बई र दिल्लीबीच एक टोली पुग्नेछन् ।

विल ज्याक्स मे २६ पछि इंग्ल्यान्डको वेस्ट इन्डिज विरुद्धको सिरिजमा खेल्ने भएकाले टिम छोड्नेछन्। रिकेल्टन र बोस्च भने दक्षिण अफ्रिकाको टेस्ट तयारीका लागि जानेछन्।

बेयरस्टोले अघिल्ला पाँच सिजनमा आईपीएल खेलेका छन् र दुई शतकसहित उत्कृष्ट प्रदर्शन गरेका छन्। ग्लीसनले गत वर्ष चेन्नईबाट दुई खेल खेलेका थिए भने असलंका पहिलो पटक आईपीएल खेल्न भारत आउने तयारीमा छन्।

मुम्बईका लागि रिकेल्टनले यो सिजन ३३६ रन बनाएका छन् र ज्याक्सले १९५ रनसहित ५ विकेट लिएका छन्।

-क्रिकइन्फोबाट

मुम्बई इन्डियन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय