+
+
Shares

माओवादीको मागः विद्युत प्राधिकरणको नाफाघाटाबारे तीनपक्ष झिकाएर छलफल होस्

पूर्वाधार विकास समितिको बुधबाररको बैठकमा बोल्दै सांसद सापकोटाले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा र हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को अडिट गरिएको आरोप लगाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन पक्षको छलफल गर्न माग गरेका छन्।
  • कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको अडिट प्रणालीमा फरक रहेको उनको भनाइ छ।
  • सांसद सापकोटाले कुलमान दोषी भए कानुनअनुसार कारबाही गर्न चुनौती दिँदै पारदर्शिता आवश्यक रहेको बताए।

७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गरेका छन् ।

पूर्वाधार विकास समितिको बुधबाररको बैठकमा बोल्दै सांसद सापकोटाले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा र हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को अडिट गरिएको आरोप लगाए ।

‘हिजो कुलमानजी हुँदाको अडिट सिस्टम एउटा थियो, अहिले तपाईंहरूले अर्को अडिट सिस्टमबाट लैजानुभयो । त्यही कुरा त भन्नुपर्छ नि,’ उनले भने, ‘ऊर्जामन्त्रीको कुरा अनुसार विद्युत प्राधिकरणको एमडीसहित आवश्यक परे महालेखालाई समेत झिकाएर छलफल गर्नुपर्ने स्थिति देखियो ।’

प्रतिपक्षले कुलमानको रक्षा गर्ने र सत्तापक्षले खेदो खन्ने कामको अन्त्य गर्न पनि छलफल गरी स्पष्ट हुन जरुरी रहेको बताए ।

‘विद्युत प्राधिकरणको बहालवाला एमडीलाई झिकाऔँ । कुलमानजीलाई झिकाऔँ । महालेखालाई ल्याऔँ । सबैभन्दा पहिलो कुरा हामी पारदर्शी ढंगले बुझौँ,’ उनले भने ।

सांसद दाहालले दोषी देखिए कुलमान घिसिङलाई कानुनअनुसार कारबाही गर्न चुनौती पनि दिए ।

‘हामी प्रतिपक्षको रक्षा गर्ने, सत्तापक्षले खेदो खन्ने कुराको बन्द गरौँ । बिलम्ब नगरी सबैका कुरा सुनेर निर्णय गरौँ,’ उनले भने, ‘कुलमानजीको गल्ती रहेछ भने नेपालको कानुनले कसैलाई छोड्ने कुरा आउँदैन ।’

सांसद सापकोटाले राम्रो गरेको जति राम्रो र नराम्रो गरेको भए नराम्रो भन्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?