
News Summary
Generated by OK AI. Editorially reviewed.- भेट फर एनिमल वेलफेरले \'डग रेस्क्यु डे\' का अवसरमा ३० जना भेटले बिरामी कुकुर \'ब्रुनो\'को उपचार गरेको छ।
७ जेठ, काठमाडौं । भेट फर एनिमल वेलफेर’ले ‘डग रेस्कयु डे’का अवसरमा एउटा बिरामी कुकुर ‘ब्रुनो’को उपचार गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, पाकिहवा क्याम्पसमा पशुचिकित्सा अध्ययन गर्दै गरेका विद्यार्थीहरूले सहयोग उठाएर कुकुरको उपचार गरेका हुन् । भेट फर एनिमलका कार्यकारी सदस्य काव्य घिमिरेका अनुसार ब्रुनोलाई लुतो लगायतका विभिन्न छालाको समस्या भएर छालामा घाउ र शरीरको रौँ झरेको थियो ।
कुकुरहरुलाई खाना खुवाउन जाने क्रममा बिरामी ब्रुनोलाई देखेपछि उसको उपचार गर्ने निर्णय गरेको घिमिरेले बताए । ‘हामीले हिजो कुकुरलाई नुहाइदिने, खाना दिने र उसको उपचार गरिदियौँ’ घिमिरेले भने, ‘अब ब्रुनोलाई थप राम्रो हेरचाह, उचित औषधि, उपचारका लागि सहयोग गरिरहेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4