+
+
Shares

बेथाले छट्पटिएकी महिलालाई बाटैमा सुत्केरी गराउने जवानलाई आईजीपीको पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १७:११
सडक छेउको एक व्‍यक्तिको आँगनमा बच्चा जन्माएकी महिलाको सुत्केरी स्याहार्दै प्रहरी जवान चन्द्रिका देउवा।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई आईजीपी दीपक थापाले पुरस्कृत गरेका छन् ।
  • देउवाले कैलालीको गोदावरी नगरपालिका–१ मा बेथाले छट्पटिरहेको अवस्थामा रहेकी महिलालाई बाटैमा सुत्केरी गराउन सहयोग गरेकी थिइन् ।
  • यस कार्यले प्रहरीको छविलाई उँचो बनाएको भन्दै आईजीपी थापाले देउवाको प्रशंसा गरे ।

७ जेठ, काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१ मा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुत्केरी गराउने प्रहरी जवानलाई प्रहरी महानिरीक्षक (आईजीपी) ले पुरस्कृत गरेका छन् ।

आईजीपी दीपक थापाले सडक छेउस्थित एक व्यक्तिको आँगनमा सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई पुरस्कृत गरेका हुन् । उनको यो कामले प्रहरीको छविलाई उँचो बनाउने काम गरेको भन्दै आईजीपी थापाले पुरस्कृत गरेका हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार देउवालाई प्रसंशापत्र र रेकर्डमा जाने गरी पुरस्कृत गरेको थियो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसापत्रसहित पुरस्कृत गरेका थिए ।

प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको चन्द्रा आचार्यलाई सुत्केरी गराएकी थिइन् । बझाङको थलारा गाउँपालिकाकी आचार्यलाई पनि पद्‍मा अस्पताल पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?