+

युनाइटेडलाई हराउँदै टोटनहाम युरोपा लिग च्याम्पियन

२०८२ जेठ  ८ गते ७:११ २०८२ जेठ ८ गते ७:११
युनाइटेडलाई हराउँदै टोटनहाम युरोपा लिग च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टोटनहाम हट्स्परले म्यान्चेस्टर युनाइटेडलाई हरायो।
  • टोटनहामले यसपटक उपाधि जितेर आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउनेछ।

८ जेठ, काठमाडौं । ब्रेन्नन जोनसनले पहिलो हाफमा गरेको एकमात्र गोलको मद्दतले टोटनहाम हट्स्परले म्यान्चेस्टर युनाइटेडलाई हराउँदै युरोपा लिगको उपाधि जितेको छ ।

स्पेनी सहर बिल्बाओको सान ममेस स्टेडियममा भएको फाइनल खेलमा महत्वपूर्ण गोल गर्ने क्रममा जोनसनले ४२औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए ।

गोल बेहोरे पनि पुनरागमन गर्ने क्षमता राख्ने युनाइटेडले यसपटक भने पुनरागमन गर्न सकेन । कुल १६ शट एटेम्पट गरेर ६ वटा टार्गेटमा राखेपनि गोल भने निस्कन सकेन । अर्कोतर्फ टोटनहामको त्यही एउटा गोल नै एकमात्र शट अन टार्गेट रह्यो ।

१७ वर्षपछि कुनै उपाधि जितेको टोटनहामले अब युरोपा लिग विजेताको हैसियतले आगामी सिजनको युरोपेली च्याम्पियन्स लिग फुटबल पनि खेल्नेछ ।

टोटनहामसँगै इंग्लिस प्रिमियर लिगमा शीर्ष ५ फिनिस गर्ने टोली पनि च्याम्पियन्स लिगमा छनोट हुनेछन् । जसमध्ये लिभरपुल र आर्सनलको स्थान पक्का हुँदा अन्य ३ टिमको टुंगो लाग्न बाँकी छ ।

टोटनहाम युरोपा लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय