+

टोटनहमका कप्तान सनसहित केही खेलाडीले यसकारण पाएनन् युरोपा विनर मेडल

२०८२ जेठ  ८ गते १०:०४ २०८२ जेठ ८ गते १०:०४
टोटनहमका कप्तान सनसहित केही खेलाडीले यसकारण पाएनन् युरोपा विनर मेडल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपा लिग फाइनलपछि पुरस्कार वितरण समारोहमा टोटनहमका केही खेलाडीहरूले पदक पाएनन्।
  • युईएफए अध्यक्षले क्लबलाई ३० मेडल मात्र उपलब्ध गराएको जानकारी दिए।

८ जेठ, काठमाडौं । युरोपा लिग फाइनलपछि पुरस्कार वितरण समारोहमा टोटनहमका कप्तान सन हेङ मिनसहित केही खेलाडीहरूले विजेताको पदक पाएनन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफए अध्यक्ष अलेक्जान्दर केफरिन विजेताले लगाउने मेडलहरू सकिँदासम्म पनि टोटनहमका सबै खेलाडीहरूले नपाएको देखेर आश्चर्यचकित देखिए ।

स्पेनको विल्वाओस्थित सान मोमेस स्टेडियममा गएराती भएको युरोपा लिग फाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै उपाधि जितेको थियो ।

लण्डन क्लब टोटनहमले पुरस्कार वितरण समारोहमा धेरै व्यक्तिहरु पठाएपछि यस्तो समस्या उत्पन्न भएको युईएफएले पछि जानकारी दिएको छ ।

युरोपेली फुटबलको सर्वोच्च निकायले पुरस्कार वितरण समारोहमा क्लबलाई ३० मेडल मात्र प्रदान गर्ने जनाएको थियो । त्यसपछि थप २० वटा पदक खेलाडी र स्टाफहरूलाई बाँड्नका लागि क्लबलाई दिइएको थियो ।

तर दक्षिण कोरियाली स्टार सनले आफ्नो टिममेटसँग विजेताको ट्रफी उठाउने बेला उनीलगायत केही खेलाडीसँग विनर मेडल थिएन ।

टोटनहमले सन् २००८ यता पहिलो पटक ठूलो उपाधि जितेको हो ।

-एपीबाट

टोटनहाम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय