+

फ्लिक २०२७ सम्म बार्सिलोनामै रहने

२०८२ जेठ  ८ गते १५:०५ २०८२ जेठ ८ गते १५:०५
फ्लिक २०२७ सम्म बार्सिलोनामै रहने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाले जर्मन प्रशिक्षक हान्सी फ्लिकको अनुबन्ध २०२७ सम्म बढाएको छ।
  • फ्लिकले पहिलो सिजनमा तीन उपाधि जितेर क्लबको विश्वास जितेका छन्।
  • उनले बायर्न म्युनिख र जर्मनी राष्ट्रिय टोलीलाई पनि नेतृत्व गरेका थिए।

८ जेठ, काठमाडौं । बार्सिलोनामा यसै सिजन अनुबन्ध भएका जर्मन प्रशिक्षक हान्सी फ्लिकसँगको सम्झौता क्लबले २०२७ को जुन महिनासम्मका लागि बढाएको छ ।

सन् २०२४ मे महिनामा दुई वर्षका लागि नियुक्त भएका फ्लिकले पहिलो सिजनमै बार्सिलोनालाई तीन उपाधि दिलाएपछि क्लबले उनको अनुबन्ध विस्तार गरेको हो।

फ्लिकको नेतृत्वमा बार्सिलोनाले यो सिजन ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जितेको थियो । च्याम्पियन्स लिगको सेमिफाइनलमा भने इन्टर मिलानसँग पराजित भएको थियो।

‘टोलीलाई दिएको आत्मविश्वास, रोमान्चक कमब्याक र उपाधिहरूका कारण हान्सी फ्लिकले आफ्नो पहिलो सिजनमै बार्सिलोना समर्थकहरूलाई खुसी बनाएका छन्’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘उनको आगमनले एफसी बार्सिलोनालाई फेरि एक पटक युरोपमै डर लाग्दो प्रतिद्वन्द्वी बनाएको छ’ विज्ञप्तिमा थप भनिएको छ ।

यसअघि फ्लिकले सन् २०२० मा बायर्न म्युनिखलाई बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जिताएका थिए। त्यसपछि उनले जर्मनी राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका थिए, तर २०२३ सेप्टेम्बरमा बर्खास्त भएपछि उनले बार्सिलोनामा जाभीको स्थान लिएका थिए।

-बीबीसीबाट

हान्सी फ्लिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय