
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई नेपाल बैंकर्स संघका प्रतिनिधिले भेटेर बधाई दिएका छन् ।
- गभर्नरले आगामी दिनमा बैंकरहरूसँग छलफल गर्ने बताउँदै वर्तमान चुनौती समाधानका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने बताए ।
- बैंकिङ क्षेत्रको छोटो कुरा गर्नुभन्दा पनि छिट्टै विस्तारमा छलफल गर्ने गभर्नरले बताएपछि प्रतिनिधिहरू फर्किएका छन्।
८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई नेपाल बैंकर्स संघका प्रतिनिधिले भेटेका छन् । संघको प्रतिनिधिमण्डलले गभर्नरलाई बधाई दिएर फर्किएको छ ।
केन्द्रीय बैंकको जिम्मेवारी सम्हालेको दोस्रो दिन बधाई दिन पुगेका बैंकरहरूलाई गभर्नरले आगामी दिनमा छिट्टै छलफल गर्ने भन्दै बिदा गरेका छन् ।
बैंकिङ क्षेत्रको नियामक निकाय भएकाले पनि बैंकहरूको छाता संगठनले वर्तमान बैंकिङ क्षेत्रको सन्दर्भमा कुरा गर्ने आशा राखेका थिए ।
गभर्नरले बैंक तथा वित्तीय संस्थाले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यमान चुनौती समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।
भेटमा गभर्नरलाई बधाई र सफल कार्यकालको शुभकामना दिएको एक बैंकरले बताए । ‘आगामी मौद्रिक नीतिको सुझावका लागि छिट्टै बैंकरसँग छलफल गर्ने गभर्नरले बताउनु भएको छ,’ उनले भने ।
तत्कालका लागि बैंकिङ क्षेत्रको छोटो कुरा गर्नुभन्दा पनि छिट्टै विस्तारमा छलफल गर्ने गभर्नरले बताएपछि र्बैकरहरू फर्किएका हुन् ।
प्रतिक्रिया 4