+

मोडरिकले सिजनको अन्त्यपछि रियल मड्रिड छाड्ने

२०८२ जेठ  ९ गते १०:५१ २०८२ जेठ ९ गते १०:५१
मोडरिकले सिजनको अन्त्यपछि रियल मड्रिड छाड्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल मड्रिडका कप्तान लुका मोडरिकले यस सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका छन्।
  • मोडरिकले आफ्नो अन्तिम घरेलु खेल सान्टियागो बर्नाबेउमा खेल्नेछन् ।
  • उनले रियल मड्रिडमा १३ वर्षमा २८ ट्रफी जितेका छन् ।

९ जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका कप्तान लुका मोडरिकले यस सिजनको अन्त्यपछि क्लब छाड्ने घोषणा गरेका छन् ।

३९ वर्षीय क्रोएसियन मिडफिल्डर मोडरिकले रियलको घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा आउने शनिवार ला लिगा अन्तर्गत रियल सोसिडाडविरुद्ध अन्तिम खेल खेल्नेछन् ।

सन् २०१८ को बालोन डे’ओर विजेता मोडरिकको लागि घरेलु मैदानमा त्यो नै अन्तिम खेल हुनेछ । अमेरिकामा हुने फिफा क्लब विश्वकपपछि मोडरिकले रियल छाड्नेछन् ।

‘यो क्षण आइसकेको छ । जुन क्षण मैले कहिल्यै नआओस भनेर सोचेका थिए । तर यो फुटबल हो र जीवनमा सबै कुराको सुरुवात र अन्त्य हुन्छ ।’ मोडरिकले आप्नो सामाजिक सञ्जालहरुमा लामो सन्देश लेख्दै भनेका छन् ।

सन् २०१२ मा इंग्लिस क्लब टोटनहमबाट रियल मड्रिड पुगेका उनले १३ वर्षको अन्तरमा २८ ट्रफी जित । जसमा ६ च्याम्पियन्स लिग र ४ स्पानिस ला लिगा मुख्य उपाधिको रुपमा छन् ।

‘म २०१२ मा विश्वकै उत्कृष्ट टिमको जर्सी लगाउने आशाका साथ आएको थिएँ र ठूलो उपलब्धीहरु हासिल गर्ने महत्वाकांक्षा थियो । तर त्यसपछि अब के हुन्छ भनेर मैले कल्पना गरेको थिइन’ उनले भने, ‘रियल मड्रिडका लागि खेल्नु एउटा फुटबलर र व्यक्तिको रुपमा मेरो जीवन परिवर्तन भएको छ । इतिहासकै सबैभन्दा सफल र उत्कृष्ट क्लबको सफल युगको हिस्सा हुन पाएकोमा म गर्व गर्छु ।’

मोडरिकले यस सिजन लालिगामा रियलका लागि ३४ खेल खेल्दै २ गोल र ३४ असिस्ट गरे । रियललाई पछि पार्दै लिगको उपाधि बार्सिलोनाले जितिसकेको छ ।

मोडरिकले कार्लो एन्सेलोटीको टोलीका लागि यस सिजन च्याम्पियन्स लिगमा सबै खेल खेलेका थिए । च्याम्पियन्स लिगमा रियल आर्सनलसँग क्वाटरफाइनलमा समग्रमा ५-१ ले पराजित भएको थियो ।

मोडरिकले गत सिजन रियलसँग एक वर्षको सम्झौता नविकरण गरेका थिए र जुन यसै सिजनको अन्तिममा सकिँदैछ ।

सोसिडाडविरुद्ध शनिबार हुने खेल नै प्रशिक्षक एन्सेलोटीको लागि रियलको प्रशिक्षकको रुपमा अन्तिम खेल हुनेछ । अब जर्मन क्लब बायर लेभरकुसेनका प्रशिक्षक जाबी अलोन्सोले उनलाई प्रतिस्थापन गर्ने बलियो सम्भावना छ । अलोन्सोले नै फिफा क्लब विश्वकपको रियलको प्रशिक्षण सम्हाल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रियलले फिफा क्लब विश्वकप अन्तर्गत पहिलो खेलमा साउदी अरेबियाको अल हिलालसँग जुन १८ मा खेल्नेछ । त्यसपछि मेक्सिकोको पाचुका र अष्ट्रियाको आरबी साल्जवर्ग विरुद्ध समूह चरणमा खेल्नेछ ।

लुका मोडरिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय