+

राफिन्हा २०२८ सम्म बार्सिलोनामा रहने

२०८२ जेठ  ९ गते ११:५५ २०८२ जेठ ९ गते ११:५५
राफिन्हा २०२८ सम्म बार्सिलोनामा रहने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाले ब्राजिलियन विंगर राफिन्हाको सम्झौता सन् २०२८ सम्म कायम राख्ने निर्णय गरेको छ ।
  • राफिन्हाले यस सिजन ५६ खेलमा ३४ गोल र २५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरे ।
  • उनी बार्सिलोनामा आफ्नो सपना करियरको अन्त्यसम्म रहने बताएका छन्।

९ जेठ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका ब्राजिलियन विंगर राफिन्हा सन् २०२८ सम्म क्लबमै रहने भएका छन् । राफिन्हाले क्याटलान क्लब बार्सिलोनासँग सम्झौता नवीकरण गरेका हुन् । जसको अर्थ अब उनी सन् २०२८ जुन ३० सम्म बार्सिलोनामै बस्नेछन् ।

२८ वर्षीय राफिन्हाले यो सिजन बार्सिलोनाका लागि सानदार प्रदर्शन गरे । उनले कूल ५६ खेलमा ३४ गोल र २५ असिस्ट गरे । हान्सी फ्लिकले टिमले ला लिगा, कोपा डेल रे र स्पानिस सुपर कप गरी डोमेस्टिक ट्रेबल उपाधि जित्दा राफिन्हाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

‘यो एकदमै धेरै विशेष छ । बार्सिलोनाको परिवारको रुपमा अर्को वर्ष थपिदाँ मे धेरै खुशी छु’ राफिन्हाले भने । उनले यसअघिको सम्झौता सन् २०२७ सम्मका लागि थियो । यस्तै राफिन्हाले आफ्नो सपना करियरको अन्त्यसम्मै बार्सिलोनामै रहने रहेको र यसबारे आफ्नो परिवारलाई भनेको समेत बताए ।

सन् २०२२ मा इङ्लिस क्लब लिड्स युनाइटेडबाट बार्सिलोना पुगेका राफिन्हाले आफ्नो पहिलो सिजनमा १० गोल र १२ असिस्ट गरेका थिए । यस्तै सन् २०२३–२४ को सिजन उनले १० गोल र १३ असिस्ट गरे ।

सन् २०२४-२५ को सिजन राफिन्हाका लागि गज्जबको रह्यो । बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन राफिन्हाले १८ गोल गरे । यस्तै बार्सिलोनालाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्‍याउन उनले १३ गोल गर्नुका साथै ९ असिस्ट समेत गरे ।

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टरसँग पराजित हुँदै बाहिरिएको थियो । यस सिजन बार्सिलोनाले रियल मड्रिड विरुद्ध भएको चारै एल क्लासिको खेल जितेको थियो । जसमा बार्सिलोनाले कूल १६ गोल गर्दा राफिन्हाले ५ गोल गरे ।

यस सिजन उत्कृष्ट प्रदर्शन पछि राफिन्हा क्लबमेट लामिन यामल र पीएसजीका फ्रेन्च फरवार्ड उसमान डेम्बेलेसँगै बालोन डे’ओभर दाबेदारको रुपमा समेत देखिएका छन् ।

यस्तै यस सिजन बार्सिलोनाको पाँच कप्तानका लागि मार्क आन्द्रे टेर स्टेगन, रोनाल्ड अराउको, फ्रेन्की डे योङ र पेड्रीसँगै राफिन्हा समेत समावेश थिए ।

राफिन्हा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय