+
+
Shares

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ।
  • उनीहरूबाट १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र ६ मोबाइल बरामद भएको छ।
  • उनीहरूविरुद्ध ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका विजय आले मगर छन् ।

उनीहरुलाई प्रहरी वृत्त कालीमाटीको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल बरामद भएको छ ।

पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद दिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?