 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले इलाममा पाँच दिने बालचलचित्र महोत्सव आयोजना गर्यो।
- महोत्सवले इलामलाई चलचित्र निर्माण र प्रदर्शनको केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्यो।
- कार्यक्रममा बालबालिकासँग चलचित्र सम्बन्धी संवाद र फिल्म प्रदर्शन गरियो।
काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा इलाममा बालचलचित्र महोत्सव सम्पन्न भएको छ । ५ दिने महोत्सव इलाम नगरपालिकाको सहकार्य एवं कोशी प्रदेश र पर्यटन बोर्डको प्रवर्धनमा आयोजना भएको थियो ।
महोत्सवले इलामलाई चलचित्र निर्माण र प्रदर्शनको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण भूमिका खेलेको बोर्डले जनाएको छ । महोत्सव अवधिभर बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला आयोजना भयो जहाँ ३७ विद्यार्थीले फिल्म लेखन, निर्देशन र अभिनयको शैली सिके ।
बद्री अधिकारी निर्देशित फिल्म ‘हजार सपनाहरूको’ प्रदर्शन गरियो । यो फिल्मले सिर्जनशिलता र आत्मविश्वासको सन्देश दिन्छ । सिनेमा साक्षरता अभियानअन्तर्गत घुम्ती सिनेमा इलाम बजार र श्रीअन्तु विद्यालयमा प्रदर्शन गरियो ।
सर्वसाधारणदेखि विद्यार्थी र अभिभावकले फिल्म हेर्ने अवसर पाए । इलाम जन्मथलो भएकी फुटबल खेलाडी एन्जिला तुम्बापोको जीवनीमा आधारित फिल्म ‘एन्जिला’का निर्माता तथा निर्देशकको उपस्थितिमा इलाम बजार चोकमा फिल्म स्क्रिनिङ गरियो ।

शिलावाला, घुर्रा, द स्कुल वाल र पाउलोजस्ता फिल्म गौतम बुद्ध हलमा स्क्रिनिङ गरिए । सेलिब्रेटीसँग बालबालिकाअन्तर्गत बसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, सन्तोष लोहनी, मिलन चाम्स, दिनेश डीसी, प्रेमकुमार श्रेष्ठ, श्रीदेव भट्टराई, बालकृष्ण निरौला, जनकदीप पराजुली, पुनम क्षेत्री लगायतले बालबालिकासँग संवाद गरे ।
समापन समारोहमा बोल्दै मेयर केदार थापाले भने, ‘इलामको सांस्कृतिक र प्राकृतिक सुन्दरतालाई चलचित्रमार्फत देशविदेशमा चिनाउन यस्ता महोत्सव प्रभावकारी छन् । यहाँ छायांकन गर्न चाहने फिल्मकर्मीलाई नगरपालिकाले पूर्ण सहजीकरण गर्छ ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले भने, ‘सिनेमाले सिर्जना मात्रै होइन, शिक्षा र पर्यटनलाई पनि समेट्न सक्छ भन्ने उदाहरण इलामको महोत्सवले प्रस्तुत गर्यो । महोत्सव कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचारप्रसारमा पनि सहयोगी हुने विश्वास लिएका छौं ।’
पर्यटन प्रवद्र्धनमा कलाकारले ‘चलचित्र छायांकनको लागि इलाम’ लेखिएको टिसर्ट लगाएर स्थानीय थलो अवलोकन गरे, जसले छायांकनको लागि इलाम उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गर्यो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4