
News Summary
Generated by OK AI. Editorially reviewed.- पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६ वर्षीय निराजन थापा छन्।
- उनीलाई अस्थायी प्रहरी पोस्ट बसपार्क, कैलालीको शनिबार पक्राउ गरिएको हो।
- उनीले धामी होटलका सञ्चालकलाई असई भन्दै रकम मागेका थिए।
११ जेठ, काठमाडौं । ब्यूरोको प्रहरी सहायक निरीक्षक (असई) भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–५ शिवनगरका २६ वर्षीय निराजन थापा छन् । उनलाई अस्थायी प्रहरी पोस्ट बसपार्क, कैलालीको शनिबार पक्राउ गरेको हो ।
धनगढी उपमहानरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई उनले २/३ दिनदेखि ब्यूरोको असई भन्दै पटक–पटक रकम मागेको पाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4