+

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको जित

२०८२ जेठ  १२ गते ६:१८ २०८२ जेठ १२ गते ६:१८
लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाले स्पानिस ला लिगाको अन्तिम खेलमा एथ्लेटिक विल्वाओलाई ३-० ले पराजित गर्दै सिजन सकाएको छ ।
  • लेवान्डोस्कीले दुई गोल गरे र यस सिजन २७ ला लिगा गोलसहित समग्रमा ४० गोल गरे ।
  • बार्सिलोनाले २८औं पटक ला लिगाको उपाधि जित्यो र रियलमाथि ४ अंकको अग्रता कायम राख्यो ।

१२ जेठ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगाको अन्तिम खेलमा एथ्लेटिक विल्वाओलाई ३-० ले पराजित गर्दै सिजन सकाएको छ ।

यसअघि नै ला लिगा उपाधि जितिसकेको बार्सिलोनाले अन्तिम खेल जितसहित सुखद अन्त्य गरेको हो ।

विल्वाओको मैदानमा भएको खेलमा लेवान्डोस्कीले १४औं मिनेटमा पहिलो गोल गरेका थिए । हान्सी फ्लिकको टिमले यस सिजन गरेको यो एक सयौँ गोल समेत हो । लेवान्डोस्कीले १७औं मिनेटमा दोस्रो गोल गरे । यससँगै लेवान्डोस्कीले यस सिजन ला लिगामा २७ र सग्रमा ४० गोल गरे । ला लिगाको सर्वाधिक गोलकर्ता भने रियल मड्रिडका केलिएन एमबाप्पे बने । रिउलमा पहिलो सिजनमै उनले ३१ गोल गरे ।

यस्तै डानी ओल्मोले इन्जुरी टाइममा पेनाल्टीबाट गोल गरे ।

२८औं पटक ला लिगाको उपाधि जितेको बार्सिलोनाले यस सिजन ३८ खेलबाट ८८ अंक जोड्यो । जसमा २८ जित र ४ बराबरीको नतिजा निकालेको थियो भने ६ खेलमा पराजित भएको थियो । बार्सिलोनाले दोस्रो स्थानको रियलमाथि ४ अंकको अग्रतासहित लिग सकाएको हो ।

यसअघि नै अर्को सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको विल्वाओ ३८ खेलबाट ७० अंक जोडेर चौथो स्थानमा रह्यो ।

ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय